By source @chakrapath dot com
Wednesday, 11 Feb, 2015
काठमाडौं, २८ माघ – मंगलबार साँंझ पाँंच बजेतिर एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल आदित्य दाहाल निवास कपन पुगे । विज्ञान पढेका र समाज विकास क्रमका प्रक्रिया तथा मानव सभ्यताका विषयमा गहिरो ज्ञान भएका खनालले चमत्कारिक बालक आदित्यवारे प्रत्यक्ष बुझ्ने प्रयास गरे ।
http://adf.ly/wjZ8A
आदित्यका बाबुआमा र आफन्तले बालकको हालसम्मको अवस्था, स्वास्थ्य र चमत्कारिक भूमिकाका बारेमा जानकारी दिए । खनालसँंग आदित्य परिवारले स्वास्थ्य अवस्थाका बारेमा चिन्ता जाहेर गर्दै विदेशमा लगेर उपचार अपेक्षा गरेको माग राखे । http://adf.ly/wjZ8A
यसै क्रममा मुख्य सचिव लिलामणि पौड्यालले आदित्यको उपचारका लागि पहल सुरु गरेको र चिकित्सकहरुको टिक खटाइदिएको विषयले भने खनाललाई प्रसन्न तुल्यायो । मुख्यसचिवको चासो र सक्रियता उल्लेखनीय रहेको बताउदै खनालले भने, ‘म मुख्यसचिवसँंग थप कुरा गर्छु र विदेशमा लगेर उपचारको वातावरण बनाउन आग्रह गर्छु ।’ http://adf.ly/wjZ8A
खनाललाई बालक आदित्यको आश्चर्यजनक भूमिकाबारे बताउँदै गर्दा एउटा नयाँं प्रश्न आदित्यसामू राख्ने कुरा भयो । बरिष्ठ नेता खनालसँंगै गएका कसैले ‘झलनाथ खनालकी आमाको नाम के हो ?’ भनेर आदित्यसामू लिखित प्रश्न राखे । मंगलबार केही अस्वस्थ देखिएका आदित्य अरु दिन जस्तो हास्दैनथे । प्रश्नको जवाफ दिन पनि त्यति रुचि देखाएनन् । एकैछिनको आग्रहपछि लेखिदिए, ‘मधुमाता ।’ http://adf.ly/wjZ8A
उत्तर वरिष्ठ नेता खनालाई देखाइयो । खनालले ‘सही हो’ भने । सानैदेखि कहिले भूमिगत र कहिले जेल बसेका खनालले आमासँग राम्रोसँग संवाद गर्न र ममता बाँंड्न पनि पाएका थिएनन् । यसले केहीबेर उनलाई भावुक पनि बनाइदियो । http://adf.ly/wjZ8A
बालक आदित्यलाई प्रत्यक्ष भेटेपछि चक्रपथ डटकमलाई प्रतिक्रिया दिंदै पूर्वप्रधानमन्त्री खनालले भने, ‘आदित्य अदभूत बालक हुन्, उनमा जुन प्रकारको चमत्कारिक ज्ञान छ, यो गहिरो अनुसन्धान र अध्ययनको विषय हो।’ http://adf.ly/wjZ8A
नेता खनालले बालक आदित्यको पर्याप्त संरक्षण र उचित उपचारको व्यवस्थासहित उनमा प्रकट भएको चमत्कारिक ज्ञानका उपलब्धिबाट लाभ लिन राज्यले नै पहल गर्ने पर्ने बताए । उनले भने, ‘राज्यले नै उनको संरक्षण र उपचारको जिम्मा लिनुपर्छ । उनमा रहेको क्षमता मानव सभ्यताको विकास क्रममा आएको नयाँं घटनाक्रम हो । उनको अवस्था र भूमिका देखेर म छक्क परे । ठूलो चमत्कारको अनुभव भयो ।’ http://adf.ly/wjZ8A
०००
गत शुक्रबार आदित्यको निवास कपन पुग्दा घरको कोठामा खचाखच मान्छेहरु थिए । कोठाको एउटा छेउको सोफामा बालक आदित्यलाई राखिएको थियो । आफ्नै शरीरको शक्तिले सिधा बस्न नसक्ने आदित्यको अनुहार भने हँंसिलो थियो । चारैतिर आँंखा घुमाउँदै उनले उपस्थित सबैलाई नियाले जस्तो देखिन्थ्यो । http://adf.ly/wjZ8A
सहभागीहरुमध्ये आफ्नै नाम र कामबाट चिनिएकाहरु पनि धेरै थिए । हार्मोनियम, तबलासहित भक्तिगान भइरहेको थियो । आरती सकिएपछि आदित्यलाई भनियो, ‘हामीलाई केही सन्देश दिनुहुन्छ कि ?’ एकैछिनको मौनता र दोहो¥याएर गरिएको आग्रहपछि चमत्कारिक बालकले कपीमा लेखिदिए, ‘अज्ञानताको भाइरलले अशान्ति फैलिएको बेला, ज्ञानको भ्याक्सिन लगाई शान्तिको विगुल फुकौं ।’ http://adf.ly/wjZ8A
विद्यालयको अनुहार नै नदेखेका बालकले यो तहका अक्षर, वाक्य र भाव व्यक्त गर्न सक्नु आफैमा ठूलो आश्चर्य होइन र ? यस्तै प्रकृतिका वाक्य र सन्देश आदित्यले पटकपटक दिइसकेका छन् । http://adf.ly/wjZ8A
०००
तीन साताअघि चक्रपथ डटकममा प्रकाशित अद्भूत बालक आदित्यसम्बन्धी समाचार पढेपछि मुख्य सचिव लिलामाणि पौडेलले उनका बारेमा बुझ्ने चासो देखाए । आदित्यकै आफन्तको घरमा पुगेर आदित्यको अवस्था र परिवारको अपेक्षाबारे बुझे । मुख्य सचिव पौड्याल पुग्ने बित्तिकै आदित्यले काजग मागेर लेखिदिए, ‘बगमतीमा सफाइ होइन फोहोर फाल्न बन्द गरौं ।’ बालकले लेखेको त्यस्तो वाक्य देखेर मुख्य सचिव पौड्याललाई आश्चर्य नपार्ने कुरै भएन । http://adf.ly/wjZ8A
मुख्य सचिव र बालकका बीचमा अन्य थप संवाद पनि भए, जुन आफैमा आश्चर्यजनक छन् । मुख्य सचिवले तत्कालै वरिष्ठ चिकित्सकहरुको एउटा टिम बनाएर आदित्यको स्वास्थ्यबारे अध्ययन गर्न जिम्मेवारी दिए । मेडिकल टिमले सबै परीक्षणपछि नेपालमा उपचार सम्भव नभएको र रोग पत्ता लगाउन नसकेको आशयको प्रतिवेदन तयार पारेको छ । यही क्रममा वीर अस्पताल पुग्ने बित्तिकै आदित्यले कागज मागेर अंग्रेजीमा लेखिदिएका थिए, ‘बीर हस्पिटल इज डर्टी, प्लिज मेन्टेन सिरियसली ।’ उनले वीर अस्पताल देशैकै पहिलो अस्पताल भएको पनि लेखिदिए । http://adf.ly/wjZ8A
दुई साताअघि पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे आदित्यनिवास पुगेका थिए । उनले पनि आदित्यको अवस्थाबारे चासो राखे । चमत्कारिक भूमिकाका बारेमा अवलोकन गरे । हर्दै र बुझ्दै गर्दा बालकको चमत्कारिक अवस्थाबाट आश्चर्यचकित भए । उनी जाने बित्तिकै आदित्यले कागज मागेर लेखिदिएका थिए, ‘माधव सर नमस्कार ।’ http://adf.ly/wjZ8A
भारतको राजदूतमा सिफारिस भएका दीपकुमार उपाध्याय पनि गत साता आदित्य निवास पुगेका थिए, आदित्यले लेखिदिएका थिए, ‘राम्रो काम गरे देशको हित होला ।’ दीपकुमारका लागि यो वाक्यभन्दा पनि आश्चर्यजनक कुरा अर्कै थियो, गत साउनमै आदित्यलाई कसैले सोधेको थियो– भारतको राजदूत को बन्ला ? आदित्यले देखिदिएका थिए, ‘दीपकुमार उपाध्याय ।’ http://adf.ly/wjZ8A
साढे चार वर्षका आदित्य बोल्न सक्दैनन्, हिँड्न त के सिधा बस्न पनि सक्दैनन् । उज्यालो अनुहारमा हरक्षण हाँसो भरिएको देखिन्छ । स्कुल गएका छैनन्, एक अक्षर कसैले सिकाएको होइन तर अंग्रेजी र नेपालीलगायत अन्य भाषामा पनि लेख्न सक्छन् । अक्षर लेख्ने त सामान्य कुरा भयो, विगत, वर्तमान र भविष्यका बारेमा गरिएका सबै प्रश्नको उनले सही जवाफ दिएका छन् ।
उनलाई कोरियन र जापानी भाषाका लिपिमा लेखेर समेत प्रश्न सोधिएको छ, त्यसको पनि तत्कालै सही उत्तर दिएर उनले आफ्नो अद्भूत क्षमता देखाइसकेका छन् । आदित्यको संरक्षण, उपचार र उनका बारेमा अध्ययन अनुसन्धान आवश्यक छ । उनमा रहेको यही अद्भूत क्षमताको निरन्तरता भयो भने नेपालको परिचय बुद्ध वा सगरमाथाको देशका रुपमा मात्र होइन आदित्यका नामबाट पनि चिनिन थाल्ने आदित्यलाई भेट्नेहरुले बताउन थालेका छन् ।
यो पनि पढ्नुहोेस : http://adf.ly/wjZ8A
जे सोधे पनि मिलाउने यी हुन् अदभूत आदित्य
आदित्यलाई भेट्नेहरुले बताउन थालेका छन् ।
यो पनि पढ्नुहोेस : http://adf.ly/wjZ8A
जे सोधे पनि मिलाउने यी हुन् अदित्य।
No comments:
Post a Comment