source@LineNews
दुई साताअघि म भाटभटेनी सपिङ सेन्टरको कलंकी शाखामा सामान किन्न गएको थिएँ। पहिलो पटक मैले कार्डबाट भुक्तानी गरेको थिएँ। यत्रो नाम चलेको सपिङ सेन्टरले जति बिलमा रकम उठेको छ, त्यो अनुसार रकम नकाट्ने देखेर म छक्कै परेँ। मैले काउन्टरमा बसेकी बहिनीलाई सोधेँ। उनले आफूहरुलाई यसै गर्ने निर्देशन भएको बताइन्। मैले को म्यानेजरले त्यसो भनेको भनेर उसैलाई भेट्न चाहेँ।
म्यानेजर आइपुगे। उनले भने यो उनीहरुको नयाँ नियम हो र बैँकले हामीलाई यसै गर्न भनेको छ। अर्थात् ५० पैसाभन्दा कम भए रकम नलिने तर ५१ पैसा वा त्यो भन्दा बढी भयो भने एक रुपैयाँ काट्ने।
हो, क्यासै कारोबार हुँदा त जति पैसा उठे पनि एक रुपैयाँ काट्नु बाध्यता पर्ला भनेर मान्न सकिएला। तर कार्डको कारोबार गर्दा पैसाको किन चिन्ता गर्ने ? अङ्कमा कारोबार हुँदा पनि यस्तो ? यो त ग्राहक ठग्ने मेलोमात्रै हो।
ल मानौँ यस्तै गर्ने हो भने पनि बिलमा चाहिँ ग्राहकबाट जति काटेको हो त्यति नै रकम किन देखाइँदैन ? म्यानेजरले पत्रिकाहरुमा यस्तो व्यवस्थाबारे सूचना छापेको र तीन चार महिनादेखि यस्तो गरिएको बताए। मलाई थाहा छैन यो स्पष्टिकरण सही हो या गलत। तर बिलमा एउटा चिज देखाएर ग्राहकसँग बढी रकम लिनु भनेको सरासर ठगी हो।
देशको सबैभन्दा लोकप्रिय भनिने सपिङ मलले हजारौँ ग्राहकबाट ५० पैसाको दरले धेरै वटा शाखामा पच गर्दा कति रकम नाफाका रुपमा कुम्ल्याउँछ होला आफै अनुमान गर्नुस्।
अरुले जेसुकै गरुन्, म चाहिँ अब कहिल्यै भाटभटेनी जाने छैन। विश्वमा कतै पनि यस्तो नियम हुँदैन। त्यो ५० पैसा भाटभटेनीका साहुलाई निकै महँगो पर्नेछ।
यसकारण अब म कहिल्यै भाटभटेनी सपिङ सेन्टरमा जाँदिन!!!
No comments:
Post a Comment