स्वीस बैंकमा ‘८ नेपालीले ५ करोड ४० लाख डलर कालोधन’ थुपारेको खुलासा - See more at: http://imagek

काठमाडौं, माघ २६ । स्वीट्जरल्यान्डस्थित स्वीस बैंकमा ८ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कालोधन थुपारेको खुलासा भएको छ ।

स्वीट्जरल्यान्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर नेपालीहरुले जम्मा गरेको फेला परेपछि यो खुलासा भएको हो । ‘स्वीस लिक’ प्रोजेक्टका नाममा खोज पत्रकारहरुको एक अन्तर्राष्ट्रिय संस्थाले संसारभरबाट स्वीस बैंकमा कालोधन जम्मा गर्नेहरुको विवरण सार्वजनिक गर्नेक्रममा यो खुलासा गरिएको हो ।

खोज पत्रकारहरुको संस्था ‘आइसीआइजे’का अनुसार नेपालबाट स्वीस बैंकमा जम्मा गरिएको ५ करोड ४० लाख डलरमध्ये एउटै खातामा ४ करोड डलर भेटिएको र बाँकी १ करोड ४० लाख डलर विभिन्न सातओटा खातामा रहेको छ । नेपालबाट कालोधन थुपार्ने ८ जना को हुन् भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन ।

भारतीय सन्चारमाध्यमले भने स्वीस बैंकमा कालोधन थुपार्ने सयजना उद्योगी–व्यवसायीको नामावली सार्वजनिक गरेका छन् । भारतबाट मुकेश अम्बानी र अनिल अम्बानीसहित १६ सय ८८ जनाको स्वीस बैंकहरुमा खाता रहेको दाबी गरिएको छ । आफ्नो देशमा कर छल्नेहरुले त्यसरी स्वीस बैंकमा रकम जम्मा गरेको दाबी प्रतिवेदनले गरेको छ ।

खोजी पत्रकारितासम्बन्धी अमेरिकी संस्थाले खुलासा गरेको यो रिपोर्टमा २ सय ३ देशका १ लाख ६ हजार खातावालको नाम समावेश छ । स्वीट्जरल्यान्डको प्राइभेट बैंकमा रहेका खातासम्बन्धी गोप्य सूचना चुहिएपछि विश्वका विभिन्न मुलुकमा सनसनी फैलिएको छ ।

४५ देशका १ सय ४० पत्रकार सहभागी अनुसन्धान टीममा लन्डनस्थित बीबीसीका पत्रकार र भारतको इन्डियन एक्सप्रेसका पत्रकारको टीम पनि सामेल थिए ।

संसारका कुनैपनि देशबाट रकम जम्मा गर्न स्वीट्जरल्यान्ड सुरक्षित मानिँदै आएकोमा यसपटक गोप्य खाताको विवरण खुलासा भएको हो । (एजेन्सी)

No comments:

Post a Comment